Rajendra Prasad Pande

पञ्चायतका जनपक्षीय नेता, राजनीतिका परिपक्व व्यक्तित्व र कुशल रणनीतिकार
पञ्चायतका जनपक्षीय नेता, राजनीतिका परिपक्व व्यक्तित्व र कुशल रणनीतिकार
संक्षिप्त परिचय

पञ्चायतदेखि गणतन्त्रसम्मका अथक योद्धा

पाँच दशकभन्दा लामो समयदेखि निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापना, नेपाली समाजको आमूल परिवर्तन, विकास र सुशासनका लागि मैले राजनीतिक र सामाजिक रुपमा निरन्तर सक्रिय भूमिका खेलिरहेको छु । धादिङको गजुरीमा जन्मिएको मेरा लागि यहाँको माटो सबैभन्दा प्रिय लाग्छ । धादिङका जनताको प्रतिनिधित्व गर्दै २०४८ सालदेखि सांसद, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य, बागमती प्रदेशको मुख्यमन्त्री र नेपाल सरकारको स्थानीय विकासमन्त्री रहँदा मैले जिल्लाको विकास, समृद्धि र सुशासनका लागि योगदान गर्ने मौका पाए । मैले आफू पदमा रहँदा वा नरहँदा जिल्लाको भौतिक विकास, सुशासन र पारदर्शितासहित जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको छु। जतिबेला मलाइ धादिङबाट तपाइहरूले सांसदका रूपमा निर्वाचित गराउनुभयो, त्यसबेला र अहिले जिल्लाको विकासमा ठूलो परिवर्तन आएको छ। म जिल्ला पञ्चालतको सभापति हुँदै सांसद, मन्त्री र मुख्यमन्त्री रहँदा जिल्लामा सुरु गरेका कतिपय विकास निर्माणका काम पूरा भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् । जिल्लाको विकास र समृद्धिका लागि मैले हरेक समयमा इमान्दार प्रयास गरेको छु । तर अझै पनि विकासले पूर्णता पाएको छैन । ‘जसले सुरु गर्छ, उसैले पूरा गर्छ’ भन्ने संकल्पसहित आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अधुरा काम पूरा गर्ने लक्ष्यसहित तपाई मेरा आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुकै माझ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट तारा चुनाव चिन्ह लिएर उम्मेदवारका रुपमा उभिएको छु ।
पछिल्लो गतिविधि

धादिङमा मतदातासँग भलाकुसारी

फोटो / भिडियो हाइलाइट

जनसम्पर्क तथा भेटघाट

कार्यक्रम, सम्बोधन र जनसम्पर्कका झलकहरू।

फोटो ग्यालेरी

भिडियो ग्यालरी

Chief Minister Rajendra Pandey in Rapidfire

Rajendra Prasad Pande in Pratinidhi Sabha

अपराधी’लाई लिएर एमालेका पदम गिरी र एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे बीच संसद्‌मा सवालजवाफ